काठमाडौँ । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक परितर्वतनको औचित्य पुष्टि हुनेगरी आर्थिक समृद्धिको यात्रामा क्रियाशील हुनुपर्नेमा जोड दिएका छन् । नव वर्ष २०८१ का सन्दर्भमा गोरखा पत्रकार समाजद्वारा आज यहाँ आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले आर्थिक वृद्धिलाई तीव्र बनाएर फड्कोमा पुर्याउन केन्द्रित हुनुपर्ने बताए ।
उपप्रधानमन्त्री श्रेष्ठले आर्थिक विकास र समृद्धि केन्द्रीय कार्यभार रहेको उल्लेख गर्दै आर्थिक समृद्धिको यात्रालाई अघि बढाउन सञ्चार जगत्ले पनि प्रयत्न गर्नुपर्ने बताए । उनले आर्थिक विकास र समृद्धि हासिल गर्ने गरी जनमत निर्माण गर्न पत्रकारसँग आग्रह गरे ।
“सामाजिक आर्थिक रूपान्तरणसँगै विकास र समृद्धि अबको मुख्य कार्यभार हो”, उपप्रधानमन्त्री श्रेष्ठले भने। सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयलाई जतिसक्दो चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिँदै उनले शान्ति प्रक्रियाको बाँकी काम पूरा नगरी मुलुकमा दिगो शान्ति कायम हुन नसक्ने बताए ।
पछिल्लो समय विश्व परिस्थितिमा ठूलो बदलाव आएको उल्लेख गर्दै उनले भू–राजनीतिक अवस्थालाई ख्याल गर्दै कूटनीतिक श्रेष्ठता हासिल गर्नुपर्ने बताए। मुलुकको राजनीतिक परिवर्तनमा गोरखा जिल्लाको निकै ठूलो योगदान रहेको उल्लेख गर्दै उनले जिल्लाको विकासमा वर्तमान सरकारको ध्यान केन्द्रित रहेको बताए । पेसागत धर्म निर्वाह गरेर काम गर्न पत्रकारलाई सुझाव दिँदै उपप्रधानमन्त्री श्रेष्ठले सकारात्मक विषयवस्तुलाई जनतासमक्ष ल्याउन आग्रह गरे ।
उनले समाज रूपान्तरणको पक्षमा कलम चलाउन सञ्चारकर्मीलाई सुझाव दिए । समाजका अध्यक्ष प्रदीपराज वन्तले गोरखाको विकास निर्माणमा समाजले समन्वय र सहजीकरण गर्ने बताए। सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले समाजले प्रकाशन गरेको भित्तेपात्रो सार्वजनिक गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
शनिबार, ०८ बैशाख २०८१, १२ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई सहयोग गर्दै घोषित मितिमा चुनावका लागि एकजुट हुन् नारायणकाजी श्रेष्ठको अनुरोध
‘जेन जेडको प्रदर्शनले भ्रष्ट राजनीतिबाट देशलाई मुक्त गराउनेछ’ : नारायणकाजी श्रेष्ठ
अदालतको अवहेलना मुद्दामा नारायणकाजी श्रेष्ठसँग सर्वोच्चद्वारा लिखित जवाफ माग
न्यायपालिका अहिले गम्भीर संकटमा छ : नारायणकाजी श्रेष्ठ
नारायणकाजी श्रेष्ठ र उपेन्द्र यादवबीच भेटवार्ता
संघीयता र लोकतन्त्र रक्षाको दायित्व सबैको हो: नारायणकाजी श्रेष्ठ