काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालमा कम्युनिष्टहरु एकताबद्ध नभई देशको प्रगति सम्भव नभएको बताएका छन् । शुक्रबार बिहान विराटनगरमा पत्रकारहरूसँग कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनालले सो कुरा बताएका हुन् । उनले भने, ‘नेपालमा कम्युनिष्टहरु एकताबद्ध नभइकन यो देशको अग्रगति प्रगति सम्भवै छैन । त्यसकारण कम्युनिष्टहरु एक ठाउँमा आउनु त आजको ऐतिहासिक आवश्यकता हो । यसमा कुनै दुईमतै छैन ।’
अहिले देश आर्थिक संकटमा र राजनीतिक दिशाहीनतामा रहेको भन्दै नेता खनालले समुन्नतिका लागि सबै शक्ति एकताबद्ध हुनुपर्ने बताए । उनले भने, ‘अहिले देश आर्थिक संकटमा छ, राजनीतिक दिशाहीनतामा छ, सामाजिक सङ्कटहरू बढ्दैछन्, सांस्कृतिक सङ्कटहरू बढ्दैछन् । देशका यी समस्यालाई समाधान गरेर समुन्नतीतर्फ अगाडि बढाउनका लागि सबै शक्ति एकताबद्ध हुनुपर्छ ।’
नेकपा एमालेसँग तिक्तताकोबीच एउटै गठबन्धनमा रहेकोबारे सोधिएको प्रश्नमा उनले अनेक सवालमा मतभेद पनि भए साझा सवालमा एक हुने गरेको बताए । एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम लिँदै खनालले भने, ‘हामी एकापसमा सँगसँगै पनि हिँडेका छौँ, एकापसमा अनेक सवालमा मतभेद पनि छन् । ती मतभेदमा बहस, अन्तरसंघर्ष जारी रहन्छ, साझा सवालमा एकताको प्रक्रिया पनि हुन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०७ बैशाख २०८१, १२ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल
दुई वटा हात्तीको सरकारका कारण देश सङ्कटमा फस्यो: झलनाथ खनाल
विद्या भण्डारी राजनीतिमा आउनु सकारात्मक छ : झलनाथ खनाल