काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्किङ गरेर राखिएको विमानको सिटमा १ किलो भन्दा बढी सुन फेला परेको छ ।
इण्डिगो एयरको सिट नं २७ चार्लीको पछाडि तथा २८ चार्लीको अगाडि सिट पाकेटको तलपट्टी वेवारिसे अवस्थामा कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा १ किलो ७० ग्राम सुन फेला परेको हो ।
बुधबार बिहान समयमा अन्तर्राष्ट्रिय उडानतर्फको आगमन भई वे नम्बर ५ मा रोकिएको ईण्डिगो एयरको सिटमा सो सुन फेला परेको प्रहरीले बिहीबार जानकारी गराएको हो। प्रहरीका अनुसार सिक्री थान ३, सुनको बिस्कुट थान–६ त्रिभुज आकारको सुन जस्तो देखिने पहेँलो रङको धातुको टुक्राहरू थान–२ तथा सिक्री जोड्ने ससाना रिङ्ङ्ग थान–२ फेला परिएको हो । टेप बाहेकको तौल १ किलो ७० ग्राम रहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको भाउ आज तोलामा दुई हजार ४०० ले घट्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
सुनको मूल्य तोलामा ६ हजार २०० रुपैयाँले बढयो, कतिमा हुदैछ खरिदबिक्री ?
सुनको मूल्य प्रतितोला ४ हजार ५०० रुपैयाँ घट्यो, कतिमा हुदैछ कारोबार ?
सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?
सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो, कतिमा हुँदैछ खरिदबिक्री ?
पूर्व अमेरिकी सरकारी अधिकारीको घरमा ४ करोड डलरको सुन भेटिएपछि...