डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १५ : ३८
डिशहोम मिसन ८१ : एक वर्षको रिचार्जमा थप १२ महिनासम्मको बोनस

काठमाडौं। नयाँ वर्ष २०८१ को शुरूवातसँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि मिसन ८१ योजना ल्याएको छ ।यस योजनामा सहभागी ग्राहकहरूले डिशहोमको एक वर्षको रिचार्ज गर्दा तुरुन्तै 'लक्की ड्र'मार्फत १ महिनादेखि १२ महिनासम्म थप बोनस प्राप्त गर्न सक्नेछन्।​​

मिसन ८१ मा ग्राहकले ३००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् । यस्तै बेसिक प्लसको ३५००, र प्रिमियम लाइफस्टाईलको ४००० रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सकिनेछ ।​

ग्राहकहरूले नजिकैको डिलर दाइकोमा गएर फण्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्तीमार्फत रिचार्ज गर्न सक्नेछन् ।नेपालभर रहेका डिशहोमका डिलर, सव डिलर तथ बिक्रेतामार्फत ग्राहकहरूले  फण्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।​​

फण्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस