कोशी प्रदेश सभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने

सफल खबर संवाददाता

विहीबार, ०६ बैशाख २०८१, १२ : १९
कोशी प्रदेश सभाको विशेष अधिवेशन दिउँसो १ बजे बस्ने

विराटनगर। कोशी प्रदेशको आज दिउँसो १ बजे विशेष अधिवेशन शुरू हुने भएको छ ।कोशी प्रदेश सभा सदस्यको सङ्ख्याको एक चौथाइभन्दा बढी सदस्यले गत चैत २६ गते लिखित अनुरोधसहित अधिवेशनको माग गरेका थिए ।

प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सभा सदस्यहरूको मागअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (३) बमोजिम आज दिउँसो १ बजे प्रदेश सभा हल विराटनगरमा अधिवेशन आह्वान गरेका प्रदेश प्रमुख कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

गत चैत २६ गते मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गराई आगामी जेठ ११ गते छैटौं अधिवेशनको माग गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस