जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १६ पुल चोकको रेल्वे लिक नजिकै रहेको पोखरीको डिलमा एक युवति र बालिका जलिरहेको अवस्थामा मृत फेला परेका छन् ।
युवति र बालिका जलिरहेको अवस्थामा देखेपछि स्थानीयले बुधवार राति करिब ९ बजे प्रहरीलाई खबर गरेको थियो । प्रहरी पुग्दासम्म युवति र बालिकाको मृत्यु भइसकेको थियो ।
राति नै दुवैको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम लगियो । मृतक युवती महोत्तरीको मनरासिसा नगरपालिका २ कि २३ वर्षीया प्रियंका महतो रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।
उनका अनुसार जलेर मृत्यु भएकी बालिका करिब ८/९ महिनाकी छन् । उनी मृतक युवतीकै छोरी रहेको अनुमान छ । तर पुष्टि भएको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०६ बैशाख २०८१, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जनकपुरको पहिलो जित, चितवन पराजित
सुदूरपश्चिमविरुद्ध जनकपुरको पहिले ब्याटिङ गर्दै
एनपीएल : विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार
एनपीएल: जनकपुरलाई काठमाण्डुले हरायो
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन