एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले गुजरात टाइटन्सलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा दिल्लीले गुजरातलाई ६ विकेटले पराजति गरेको हो ।
गुजरातले दिएको ९० रनको लक्ष्य पछाएको दिल्लीले ८.५ ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।
यस अघि गुजरातले १७.३ ओभरमा अल आउट हुदै केवल ८९ रन बनाएको थियो । यो यस सिजनको आइपिएलमा कुनै पनि टिमले बनाएको सबैभन्दा कम रन हो ।
यो जितपछि दिल्ली अंक तालिकामा छैटौं स्थानमा उक्लिएको छ । दिल्लीको ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक रहेको छ । त्यसैगरी गुजरातको पनि ७ खेलमा ३ जित र ४ हारसहित ६ अंक नै छ र अंक तालिकामा सातौं स्थानमा रहेको छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०६ बैशाख २०८१, ०७ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
आइपिएल : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी
आइपिएल : लखनउमाथि राजस्थानको सहज जित
आइपिएल : कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित