आङसान सुकी सैनिक जेलबाट रिहा, घरमै नजरबन्दमा राखिने

एजेन्सी

बुधबार, ०५ बैशाख २०८१, १३ : २४
आङसान सुकी सैनिक जेलबाट रिहा, घरमै नजरबन्दमा राखिने

काठमाडौं । म्यानमारकी प्रजातन्त्रवादी नेतृ आङसान सुकीलाई म्यानमारको सैन्य सरकारले जेलबाट निकालेको छ । उनलाई बुधबार अन्य कैदीहरुसँगै निकालिएको जुन्टाले जानकारी दिएको जर्मनीको विश्व सेवा डीडब्ल्यूले उल्लेख गरेको छ ।

डीडब्ल्यूका अनुसार म्यानमारमा तामक्रम अचाक्ली बढेसँगै जेलबाट निकालिएको हो । सुकीलाई अब उनकै घरमा नजरबन्दमा राखिने सैन्य अधिकारीहरुले बताएका छन् ।म्यानमारका सेना प्रमुख जम मित तुले आफ्नो सामाजिक सञ्जालबाट सुकीको जेलबाट रिहाइ भएको सार्वजनिक गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस