नवलपुर । आपसी विवादका कारण नवलपुरको दुम्किवासमा एकको हत्या भएको छ ।
विनयी त्रिवेणी गाँउपालिका २ का अन्दाजी २५ वर्षिय रुपेश महत्तोको कुटपिटबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिनुभयो । कुटपिटमा सम्लग्न ५ जनालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । हत्यामा संलग्न भनिएका आरोपितहरु २२ वर्षका काउचा मगर, ३४ वर्षका सन्तोषबहादुर थापा, १९ वर्षका सागर थापा, १९ वर्षका मनोजजंग कँटेल, २२ वर्षका दिपेन रोक्कालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस