सुनसरीमा गोली हानी हेडसरको हत्या

सफल खबर संवाददाता

विहीबार, ०४ असोज २०७५, १२ : ४७
सुनसरीमा गोली हानी हेडसरको हत्या

सुनसुरी । सुनसरीको भुताहामा गोली हानी विद्यालयका प्रधानाध्यापकको  हत्या गरिएको छ ।  भारतबाट आएको समूहले गोली प्रहार गरेर स्थानीय विद्यालयका प्रधानाध्यापक (हेडसर) हजिद कुर्सिद अन्सारीको हत्या गरिएको छ ।

सीमा क्षेत्रमा पर्ने क्षेत्रमा भारतबाट २ वटा मोटरसाइकलमा आएका चार जनाको समूहले प्रधानाध्यापकलाई गोली प्रहार गरेको जनाइएको छ । अन्सारीको टाउकोमा गोली प्रहार गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस