झापा । नक्कली सुन दिएर ६० हजार रूपैयाँ ठगी गरेको अभियोगमा भारत सिलिगुडी बस्ने ५४ वर्षीय शेर बहादुर गिरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बिर्तामोड नगरपालिका-५ शनिश्चरे रोडस्थित बुद्धशन्ति गाउँपालिका-२ बस्ने ४५ वर्षीया महिलालाई गिरीले आफूसँग काँचो सुन छ, ६० हजारमा दिन्छु भनी ललाई फकाई महिलाको साथबाट उक्त नगद लिई नक्कली सुनको टिल दिई ठगी गरेका थिए ।
यसबारे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनिबाट खटिएको प्रहरीले गिरीलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, १३ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा ठूलो परिमाणमा ट्रामाडोलसहित पाँच जना पक्राउ
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ