काठमाडौँ । बर्दियाको सीमा इलाकाबाट सशस्त्र प्रहरी बलले २३ किलो चरेसहित एकजना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ५ घर भएका ३४ वर्षीय बमबहादुर पुन छन्।
मङ्गलबार बिहान उनलाई बर्दियाको बडैयाताल गाउँपालिका वडा नं २ फुटाहा स्थित सीमा इलाकाबाट पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।
सशस्त्र प्रहरी बलको बीओपी फुटाले उनको साथबाट ३९ वटा प्याकेटमा रहेको २३ किलो लागू औषध चरेस बरामद गरेको छ।
सशस्त्र प्रहरीले उनलाई थप अनुसन्धान र कारबाहीका लागि स्थानीय प्रहरीको जिम्मा लगाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ बैशाख २०८१, ०८ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
अवैध लागू औषधसहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
जबरजस्ती करणीको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ
वैदेशिक रोजगारको सपना देखाएर ठगेको आरोपमा दुई जना पक्राउ
एक करोड बढी मूल्यको अवैध कपडा सहित दुई भारतीय पक्राउ
बाराबाट ५ जना फरार प्रतिवादीहरू पक्राउ