काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६.८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेको हो ।
सोमबार कारोबार रकम समेत २ अर्ब ७९ करोड ७५ लाखमा सीमित भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.६४ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक १.५९ प्रतिशतले, र होटल तथा पर्यटन समूह १.१५ प्रतिशतले घटेको छ ।
२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको मात्रै बढेको छ । बाँकी ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सेयर बजारले नाघ्यो २७ सय विन्दु
बढ्यो सेयर बजार, पौने १० अर्बको कारोबार
नेप्से परिसूचक २८ अङ्कले बढ्यो, ७ अर्बको कारोबार
सेयर बजार बढ्दा कारोबार घट्यो
बढ्यो सेयर बजार, बैंकिङमा आकर्षण
सामान्य अंकले घट्यो नेप्से