काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से सूचकमा दोहोरो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य अंकले घटेर बन्द भएको बजारमा सोमबार १६.८२ अंकले नेप्से घट्दै २ हजार ६.५२ अंकमा झरेको हो ।
सोमबार कारोबार रकम समेत २ अर्ब ७९ करोड ७५ लाखमा सीमित भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । सोमबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.६४ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक १.५९ प्रतिशतले, र होटल तथा पर्यटन समूह १.१५ प्रतिशतले घटेको छ ।
२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको मात्रै बढेको छ । बाँकी ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ बैशाख २०८१, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से परिसूचक २६ अंकले घट्यो
घट्यो सेयर बजार, कारोबार साढे ११ अर्बमाथि
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार