रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

सफल खबर संवाददाता

आइतबार, ०२ बैशाख २०८१, १३ : ५६
रोड टेष्ट गरेर मात्र लाइसेन्स दिनुपर्छ : गृहमन्त्री लामिछाने

 काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् ।

आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गरेका हुन् ।

हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, उनले भने ।

ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरु दक्ष नहुने उपप्रधानमन्त्री लामिछानेले बताए ।

 

प्रतिक्रिया दिनुहोस