काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले रोड टेष्ट नगरी ड्राइभिङ लाइसेन्स दिने अहिलेको व्यवस्था फेर्नुपर्ने बताएका छन् ।
आइतबार उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको ‘ट्राफिक सचेतना विशेष अभियान – २०८१’ को उद्घाटन गर्दै उनले रोड टेष्ट (सडकमा प्रयोगात्मक अभ्यास) नगरी ड्राइभिङ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) दिने परिपाटी नै गलत भएको दाबी गरेका हुन् ।
हाल नेपालमा लिखित परीक्षा र ट्रायल सेन्टरभित्र गरिने प्रयोगात्मक परीक्षणबाट उतीर्ण हुनेलाई ड्राइभिङ लाइसेन्स दिने गरिएको छ । ‘म त भन्छु रोड टेष्ट नगरीकन ड्राइभिङ लाइसेन्स दिने परिपाटी छ । त्यो परिपाटी ठीक छैन । त्यसलाई परिमार्जन गर्न सक्नुपर्छ’, उनले भने ।
ड्राइभिङ सेन्टरभित्र गरिने सामान्य प्रयोगात्मक परीक्षणको भरमा लाइसेन्स दिँदा चालकहरु दक्ष नहुने उपप्रधानमन्त्री लामिछानेले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०२ बैशाख २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
डीपी अर्याललाई राजनीतिक सम्मान दिनेहरुप्रति धन्यवाद: रवि लामिछाने
रवि लामिछाने र ज्ञानेन्द्र शाहीबीच भेटवार्ता
उपसभामुखबारे कुनै दलसँग पनि छलफल भएको छैन : रवि लामिछाने
वारेसमार्फत मुद्दा लड्न रवि लामिछानेले पाए अनुमति
प्रतिपक्षीमाथि मेरो अनुरोध छ, हामीमाथि चौबिसै घण्टा निगरानी राख्नुहोला: रवि लामिछाने
आज संसदमा रास्वपाबाट रवि लामिछानेले सम्बोधन गर्ने