डिशहोमले ल्यायो - मिसन ८१

सफल खबर संवाददाता

शुक्रबार, ३० चैत्र २०८०, १६ : ०२
डिशहोमले ल्यायो - मिसन ८१

काठमाडौं। नयाँ वर्ष २०८१ को शुरूवात सँगै डिशहोमले आफ्ना ग्राहकहरूको लागि ‘डिशहोम मिसन ८१’ योजना लिएर आएको छ ।यस योजनामा डिशहोमका ग्राहकहरूले मात्र ३ हजार रुपैयाँमा डिशहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

 

ग्राहकहरूले नजिकैको डिलरदाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्ने डिशहोमले जनाएको छ ।

नेपालभर रहेका डिशहोमका डिलर तथा सव डिलरहरू मार्फत ग्राहकहरूले फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन कम्पनीले आग्रह गरेको छ ।

 

 

कम्पनीका अनुसार फन्ड ट्रान्सफरबारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस