काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तहकै स्रोतबाट मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्न स्थानीय तहलाई परिपत्र गरेको छ । आयोगले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत उपनिर्वाचन हुने जिल्लाका स्थानीय तहलाई परिपत्र गरेको हो ।
स्थानीय तहका वडामा निर्वाचन प्रचारप्रसार तथा मतदाता शिक्षा शिक्षा स्वयंसेवकलाई सम्बन्धित स्थानीय तहको स्रोतबाट खर्च व्यहोर्ने गरी प्रतिव्यक्ति प्रतिदिन एक हजारका दरले जम्मा सात हजार पारिश्रमिक उपलब्ध गराउन परिपत्र गरिएको निर्वाचन आयोगले जनाएको छ ।
आगामी वैशाख १५ गते इलाम र बझाङमा हुन गइरहेको उपनिर्वाचनको निर्वाचन क्षेत्र भित्र रहेका सम्बन्धित स्थानीय तहका वडामा मतपत्रमा छाप लगाउने सही तरिका सम्बन्धी जानकारी गराउन आगामी वैशाख पाँच गतेदेखि ११ गतेसम्म प्रत्येक वडामा दुई जनाका दरले मतदाता शिक्षा स्वयंसेवक परिचालन गर्ने निर्णय गरिसकेको छ ।
वडा तहमा परिचालन हुने मतदाता शिक्षा स्वयंसेवकका लागि स्थानीय तहमा २०८१ वैशाख दुई र तीन गते सम्बन्धित जिल्ला निर्वाचन कार्यालयले अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिकतर्फको निर्वाचनमा भाग लिने दललाई चिन्ह प्रदान
निर्वाचन आयोग: जनसंख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन
४३ वटा दल समानुपातिक निर्वाचनमा भाग नलिने
समानुपातिकतर्फ ९३ दलले दिए निर्वाचन आयोगमा निवेदन
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
निर्वाचन आयोगद्वारा दललाई निर्वाचन चिह्न प्रदान, हेर्नुहोस् कसलाई के ?