काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले राप्रपाको आन्दोलनमाथि दमन गरेको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृहमन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए ।
उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङ समेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरेपनि आफुहरुको आन्दोलन शान्तिपूर्ण हुने समेत जनाकारी दिए । उनले सहकारीमा लाखौ पिडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, १२ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकार भ्रष्ट र बिचौलियाको संरक्षण गर्ने मेरूदण्ड हो : ज्ञानेन्द्र शाही
सरकारलाई ज्ञानेन्द्रको प्रस्ताव- जनप्रतिनिधि र कर्मचारीले नेपाली उत्पादनकै कपडा लगाउनुपर्ने व्यवस्था गरौं
ज्ञानेन्द्र शाहीको प्रश्न- आकाश-पाताल खोजेर पनि ल्याउँछु भन्नुहुन्थ्यो, खोई जीबी राई खोजेको