बुटवल । अर्घाखाँचीमा ट्याक्सी दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सुपा देउराली दर्शन गरी कास्कीको पोखरा जाँदै गरेको ग ३ च ४५७४ नम्बरको ट्याक्सी दुर्घटना भएको हो।
घुम्ती दुर्गाफाट सडक खण्डको पाणिनी ८ कोलडाँडाको ओरालोमा दुर्घटना भएको पाणिनी गाउँपालिका–८ का अध्यक्ष रोमनाथ पाण्डेले बताए । दुर्घटनामा परि २ जना बच्चा सहित ६ जना घाइते भएका छन् ।
गाडी सडकबाट अन्दाजी २०० मोटर तल खसेको थियो । घाइतेको उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँची पठाइएको छ। घाइतेहरू कास्की जिल्लाकै रहेको खुलेका छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ११ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु