काठमाडौँ । प्रहरीले लागुऔषध सहित काठमाडौँको सिनामंगल स्थित सुकुम्वासी बस्तीबाट दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन घर भएकी ३५ बर्सिया लक्ष्मी परियार र काठमाडौँ महानगरपालिका–९ सिनामंगल बस्ने मिना बस्नेत छन् ।
काठमाडौँ महानगरपालिका–९ स्थित सुकुम्वासी बस्तीमा लक्ष्मी परियारको डेराबाट १ केजी ९८० ग्राम लागुऔषध पोल्यान्ड बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले बताए । उनको साथबाट प्रहरीले ६ हजार नगद बरामद गरेको छ ।
बस्नेतको डेराबाट प्रहरीले डाइजेपाम ९५ एम्पुल, नुफ्रिन २४ एम्पुल र फेनारगन ४७ एम्पुल बरामद गरेको छ । बस्नेतको साथबाट ४ लाख १० हजार नगद बरामद गरिएको एसपी अधिकारीले जानकारी दिए । आरोपीहरूको साथबाट प्रहरीले ४ लाख १६ हजार नगद बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ चैत्र २०८०, ०९ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ