राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

सफल खबर संवाददाता

बुधबार, २८ चैत्र २०८०, ०८ : ५७
राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज

काठमाडौ । राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन आज हुँदैछ ।  आज दिउँसो बस्ने राष्ट्रियसभा बैठकमा मत विभाजनसहित लिखित हस्ताक्षरबाट उपाध्यक्षको निर्वाचन हुनेछ ।

उपायक्षका लागि  सत्ता गठबन्धनका तर्फबाट नेकपा एमालेकी विमला घिमिरेले मनोननय दर्ता गराएकी छिन् भने नेपाली कांग्रेसका तर्फबाट विष्णुदेवी पुडासैनीले मनोनयन दर्ता गराएकी छिन् ।

नयाँ सत्ता समीकरणपछि राष्ट्रियसभाको अध्यक्षमा माओवादी केन्द्रका नारायणप्रसाद दाहाल निर्वाचित भएका थिए । त्यसपछि माओवादीबाटै प्रतिनिधित्व गरेकी उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएकी थिइन् ।