सप्तरी। राष्ट्रपति रामचन्द्र पौडेलले सप्तरीको प्रसिद्ध शक्तिपीठ छिन्नमस्ता मन्दिरमा मंगलवार बिहान दर्शन तथा पूजा अर्चना गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिका ३ मा रहेको धार्मिक एवं पर्यटकीय क्षेत्र छिन्नमस्ता भगवती मन्दिरमा राष्ट्रपति पौडेलले विशेष पूजा गरेका हुन् ।
राष्ट्रपति पौडेललाई सांसद, स्थानीय सुरक्षा अधिकारी, गाउँपालिका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका पदाधिकारीले स्वागत गरेका थिए ।सो अवसरमा गाउँपालिका अध्यक्ष विधानन्नद चौधरीले राष्ट्रपति पौडेललाई मायाको चिनो प्रदान गरेका थिए।
मन्दिर दर्शनपछि आयोजित समारोहमा पौडेलले छिन्नमस्ता तराइ-मधेशको प्राचीन र ऐतिहासिक शक्तिपीठ भएको बताए । यस्तो पवित्र भूमिमा राष्ट्रको अभिभावकीय रूपमा आउँदा खुसी लागेको उनको भनाइ थियो ।
उनले कोशी-कमला डाइभर्सनको काम सम्पन्न गरेर यो क्षेत्रमा कृषि क्रान्ति गर्न जरुरी रहेको बताए। 'सप्तरी मेरो मुटुमा छ । यो जिल्लाको हरेक कुरामा म साथमा छु', उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ चैत्र २०८०, १२ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कृषि पेसालाई सम्मानित बनाउन नीतिगत सुधार आवश्यक : राष्ट्रपति पौडेल
राष्ट्रपति पौडेलद्वारा विधेयक प्रमाणीकरण
जनताको जीवनस्तरमा सुधार र मुलुकको समृद्धि संविधान र गणतन्त्रले राखेको अभिष्ट हो : राष्ट्रपति पौडेल
कर्मचारीतन्त्रले नागरिकको मन जिते मात्र लोकतन्त्र दरिलो हुन्छ : राष्ट्रपति पौडेल
नेपाल खेलकुद र पर्यटनका लागि उर्वर भूमि हो : राष्ट्रपति पौडेल
विकासको चाहनालाई पूरा गर्ने शिक्षा अहिलेको आवश्यकता : राष्ट्रपति पौडेल