लाखौंले हेरे पूर्ण सूर्य ग्रहण (तस्वीरहरू)

सफल खबर संवाददाता

मंगलबार, २७ चैत्र २०८०, १० : ४७
लाखौंले हेरे पूर्ण सूर्य ग्रहण (तस्वीरहरू)

एजेन्सी। दुनियाभरका लाखौं मानिसहरूले पूर्ण सूर्य ग्रहण अवलोकन गरेका छन् । सोमबार राति लाखौं मानिसहरूले पूर्ण सूर्यग्रहण हेरेका हुन् । अमेरिका र क्यानडाका लाखौं मानिसले यो दृश्यको आनन्द लिए । ग्रहण सम्पूर्ण उत्तर अमेरिकी महादेशमा फैलिएको थियो ।

मेक्सिकोको तटबाट शुरू भएको थियो र क्यानाडाको न्यूफाउन्डल्याण्डमा समाप्त भयो । नियाग्रा फल्समा रहेको बादलमा पनि ग्रहणको प्रभाव परेको थियो ।

मेक्सिकोको पश्चिमी तटमा रहेको मजातलानमा स्थानीय समय अनुसार बिहान ११ बजेर ७ मिनेटमा पहिलो पटक सूर्यग्रहण देखिएको थियो ।

सूर्यग्रहण हेर्नेमा सबै उमेरका मानिसहरूको उपस्थिति थियो । जसमा बुढापाकादेखि बालबालिकासम्म सबै सामेल थिए ।

 

 

 

प्रतिक्रिया दिनुहोस