कांग्रेसमा अझै हुन सकेन गच्छदार समूहको व्यवस्थापन

पत्रपत्रिकाबाट

बुधबार, ०३ असोज २०७५, ०८ : ५९
कांग्रेसमा अझै हुन सकेन गच्छदार समूहको व्यवस्थापन

काठमाडौं ।  प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनताका नेपाली कांग्रेसमा एकता भएको विजयकुमार गच्छदार नेतृत्वको तत्कालिन लोकतान्त्रिक फोरमका नेता कार्यकर्ताको व्यवस्थापन अझै हुन सकेको छैन । 

एक बर्ष अघि (गत असोज ३० गते) एक दशकपछि कांग्रेसमै फर्किएका गच्छदार समूहको नेता कार्यकर्ताको व्यवस्थापन हुन नसक्दा निराशा पैदा भएको बताइन्छ । आजको कारोबारमा समाचार छापिएको छ । 

लामो समयसम्म फोरमबाट आएका नेता कार्यकर्ता अझै भूमिकाविहिन छन् । केन्द्रदेखि स्थानीय तहका समितिमा गच्छदार पक्षका नेता कार्यकर्ताले भूमिका पाउन सकेका छैनन् । 

एकीकरण घोषणासभामा जारी गरिएको विज्ञप्तीमा सम्मानजनक रुपमा केन्द्रदेखि तल्लो तहसम्म नेता कार्यकर्तालाई निर्वाचनलगत्तै स्थान दिने सहमति भएको थियो । 

कांग्रेसले गच्छदारलाई दलको उपनेता मनोनयन र आमन्त्रित केन्द्रिय सदस्यका रुपमा केन्द्रीय समितिमा प्रवेश दिएको छ । यसबाहेक अन्य कुनै नेताले जिम्मेवारी पाएका छैनन् । 

प्रतिक्रिया दिनुहोस