पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा

पत्रपत्रिकाबाट

बुधबार, ०३ असोज २०७५, ०८ : ०१
पश्चिम सेतीबाट चिनियाँ कम्पनी बिदा

लगानी बोर्डले ७५० मेगावटको पश्चिम सेती जलाशययुक्त जलविधुत् आयोजना विकासका लागि चाइना थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसन सिटिआईसँग भएको समझदारी औपचारिक रुपमै खारेज गरेको छ ।  मंगलबार बसेको बोर्डले ३२ औँ बैठकले यस्तो निर्णय गरेको हो । 

०६८ मा भएको सम्झौताअनुसार सात बर्षभित्र अर्थात आगामी चैत्रभित्र योजना सकिनुपर्ने थियो, तर साढे ६ बर्षसम्म काम नै सुरु नभई सम्झौता खारेज भएको छ । 

थ्री गर्जेजले पश्चिम सेती अघि बढाउन अनिच्छा परियोजना विकासको उपयुक्त ढाँचा सिफारिस गर्न उर्जामन्त्री, अर्थमन्त्री र लगानी बोर्ड कार्यालयका प्रमुख कार्यकारी अधिकृत रहने गरी ३ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको लगानी बोर्डले जनाएको छ ।, यो खबर आजको नयाँ पत्रिकामा छ । 

प्रतिक्रिया दिनुहोस