५४ वर्षपछि दुर्लभ सूर्य ग्रहण लाग्दै, अवधि ५ घण्टा १० मिनेट

सफल खबर संवाददाता

आइतबार, २५ चैत्र २०८०, १३ : ४१
५४ वर्षपछि दुर्लभ सूर्य ग्रहण लाग्दै, अवधि ५ घण्टा १० मिनेट

काठमाडौँ।  यही सोमवार (चैत २६) गते दुर्लभ सूर्य ग्रहण लाग्दैछ । चैत्र मास अमावस्याका दिन लाग्ने यो सूर्य ग्रहण ५४ वर्षपछि लाग्ने दुर्लभ सूर्य ग्रहण भएको पूर्वीय खगोलविद्हरूले जनाएका छन् ।ज्योतिषशास्त्र अनुसार यो सूर्य ग्रहण विशेष हो । यो ५४ वर्षयताकै सबैभन्दा लामो सूर्य ग्रहण हुनेछ । यसको अवधि ५ घण्टा १० मिनेटको हुनेछ ।

यो सूर्य ग्रहण सोमवार राति ८ बजेर ५७ मिनेट जाँदा शुरू भएर २ बजेर ७ मिनेटसम्म लाग्नेछ ।यो सूर्य ग्रहण मीन राशि र रेवती नक्षत्रमा लाग्न गइरहेको छ । यो सूर्य ग्रहण सुतक कालमा लागेकाले भारतबाट हेर्न नमिल्ने त्यहाँको सञ्चारमाध्यम आजतकले जनाएको छ ।

यो सूर्य ग्रहण अमेरिका, मेक्सिको र क्यानडाबाट देख्न सकिने नासाले जनाएको छ । अमेरिकाका टेक्सास, ओहियो, न्युयोर्कलगायत १३ ठाउँबाट देख्न सकिने छ । 

प्रतिक्रिया दिनुहोस