एजेन्सी । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको अन्तिम खेल आज हुँदै छ । आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो प्रतिस्पर्धा हुनेछ
जारी प्रतियोगीतामा नेपाल र घरेलु टोली गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रवार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो ।
नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जीत र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो ।
तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्नेछ ।
अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप श्रृंखला खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जानेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ चैत्र २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपालले हार्यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
अक्टोबरमा मात्रै एक लाख २८ हजार पर्यटक नेपाल भित्रिए
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
नेपालको राजनीति नियाल्न चीनको यस्ता छन् प्रयास
समोअसँग खेल्दै नेपाल, प्रतियोगिताको उपाधि जित्ने लक्ष्य
टी-२० विश्वकप छनोट : ओमानविरुद्ध नेपालको शानदार जित