एजेन्सी । त्रिकोणात्मक एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेटको अन्तिम खेल आज हुँदै छ । आज उपाधिका लागि नेपाल र गुजरात क्लबबीच गुजरातको साई मेघपन क्रिकेट मैदानमा दिउँसो प्रतिस्पर्धा हुनेछ
जारी प्रतियोगीतामा नेपाल र घरेलु टोली गुजरातबीचको यो खेल तेस्रो हो । नेपालले यसअघिका दुवै खेलमा गुजरातलाई पराजित गरेको थियो । नेपालले पहिलो खेलमा गुजरातलाई ८ विकेट, दोस्रोमा बरोडालाई २७ रन र तेस्रो खेलमा गुजरातलाई नै ८ रनले हराएको थियो । तर, शुक्रवार भएको खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भयो ।
नेपाल ४ खेलबाट ६ अंकका साथ शीर्ष स्थानमा छ । गुजरात ४ खेलमा २ जीत र २ हारका साथ ४ अंक बनाएर फाइनल पुगेको टोली हो ।
तीन खेल जितेर फाइनल पुगेको नेपाली टोली गुजरातविरुद्ध उपाधि जित्ने रणनीतिका साथ आज मैदान प्रवेश गर्नेछ ।
अर्को सातादेखि ओमानमा एसीसी प्रिमियर कप टी–२० प्रतियोगिता हुँदैछ । प्रिमियर कपको विजेताले टी–२० विश्वकपपछि हुने एसिया कप खेल्न पाउनेछ । नेपालले ओमानमा हुने एसीसी प्रिमियर कपको तयारी स्वरुप श्रृंखला खेलेको हो । त्यतैबाट नेपाली टोली ओमान जानेछ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, २५ चैत्र २०८०, ०८ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनका लागि नेपालका पूर्वराजदूतहरूको चेतावनी : ‘एक चीन’ नीतिमाथि नयाँ प्रश्न किन उठ्यो ?
नेपाल र एसियाली विकास बैंकबीच १६५ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौता
प्रचण्ड, माधव र शेखरबीच विराटनगरमा भेट
ओमानमा नेपाल-ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’को सूचीमा कायमै
थाइल्यान्डसँग पराजित हुँदै नेपाल प्रिमियर कपको क्वार्टरफाइनलबाटै बाहिरियो