राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, १५ : ४९
राजेन्द्र महतोको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिको प्रदर्शनमा प्रहरीले लाठी चार्ज र पानीको फोहोरा प्रहार गरेको छ । काठमाडौंको भद्रकालीमा भएको जनप्रदर्शनमा उत्रिएको भीड आक्रामक भएपछि प्रहरीले बल प्रयोग गरेको हो ।

प्रदर्शनमा उत्रिएका महतो समर्थक भीडले आफूमाथि ढुंगामुढा गरेपछि प्रहरीले प्रतिवाद गरेको थियो । दुई पक्षबीच हानाहानको स्थिति भएपछि आन्दोलनको नेतृत्व गरिरहेका महतो गाडी चढेर भागेका छन् ।

 नेता महतो लोकतान्त्रिक समाजवादी पार्टी छाडेर बहुल राष्ट्रिय राज्य स्थापना गर्ने घोषणासहित आफ्नो छुट्टै अभियानमा छन् ।

प्रतिक्रिया दिनुहोस