इलाम-२ उपनिर्वाचन

डकेन्द्रसिंह थेगिमले गराए उम्मेदवारी दर्ता

सफल खबर संवाददाता

शनिबार, २४ चैत्र २०८०, १४ : २६
डकेन्द्रसिंह थेगिमले गराए उम्मेदवारी दर्ता

इलाम । १५ वैशाखमा इलाममा हुने उपनिर्वाचनका लागि हालसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त संघर्ष समितिका ४१ वटा घटकहरुको समर्थन पाएका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिं लिम्बु थेगिमले पनि मनोनयन दर्ता गराएका छन् ।

स्वतन्त्र उम्मेदवारको रुपमा उनले पाचौं नम्बरमा मनोनयन दर्ता गराएका हुन् । उनको मनोनयन दर्ताका क्रममा ठूलो समूह बाजा गाजा, ढोल झ्याम्टा बजाउँदै र आआफ्नो साँस्कृतिक पहिरनसहित आएका थिए ।

त्यस्तै मंगोल नेशनल अर्गनाइजेशनका मनिबहादुर लिम्बुले पनि उम्मेदवारी दर्ता गराएका छन् । ४ मंसिर २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि मंगोल नेशनलबाट लिम्बु नै उम्मेदवार थिए । त्यतिबेला उनले १३६३ मत पाएका थिए ।