काठमाडौँ । ललितपुरको हात्तिवनस्थित एक मेटल उद्योगमा आज बिहान आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार आगलागी भएको स्थानमा एक जना पुरुष मृत फेला परेका हुन् ।
ललितपुर प्रहरीका एसपी नरेश सुवेदीका जलेको अवस्थामा शव फेला परेको छ । जसका कारण शवको पहिचान खुल्न सकेको छैन । आज बिहान ललितपुर महानगरपालिका-२३ स्थित सिक्मा मेटल इन्टेक्समा आगलागी भएको थियो ।
यसका सञ्चालक कृष्ण लेत्फे र भीम लेत्फे रहेको प्रहरीले जनाएको छ । विद्युत् शर्ट भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि