एजेन्सी । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा सनराइजर्सले चेन्नईलाई ६ विकेटले पराजित गरेको हो ।
चेन्नईले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले १८.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।
यस अघि पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाउदै १६५ रन मात्र बनाएको थियो ।
यो जितपछि सनराइजर्स हैदरावादको ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ भने चेन्नईको पनि ४ खेलमा २ जित र २ हारसहित ४ अंक भएको छ । यस अघि दिल्लीसँग हारेको चेन्नईको यो लगातार दोस्रो हार हो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ चैत्र २०८०, ०७ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएलमा आज रोयल च्यालेन्जर्स र गुजरात भिड्दै
आइपिएल : मुम्बईमाथि कोलकोता २४ रनले विजयी
आइपिएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
आइपिएल : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी
आइपिएल : लखनउमाथि राजस्थानको सहज जित