काठमाडौँ । रास्वपाबाट इलाम २ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बुले शनिबार एक बजेभित्र मनोनयन दर्ता गराउने भएका छन् ।
मनोनयन दर्तासम्बन्धी कार्यतालिका सार्वजनिक गर्दै उनले बिहान ११ बजेसम्म पार्टी अफिसमा भेला हुने र साढे ११ बजे पार्टी अफिसबाट मनोनयनको लागी र्याली सहित जाने बताए ।
निर्वाचन अधिकृतको कार्यालयमा पुगेपछि १२ बजे देखि १ बजे भित्र मनोनयन दर्ता गराइसक्ने उनको भनाइ छ ।
त्यसपछि २ बजेभित्र पार्टी कार्यालय आईपुग्ने र २ बजे देखि ४ बजे सम्म उम्मेदवा सँग भलाकुसारी तथा भेटघाट कार्यक्रम राखिएको छ ।
यस्तै ४ बजे देखि पार्टी कार्यालयमा केन्द्रिय नेताहरुद्वारा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ चैत्र २०८०, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने
रास्वपाका उम्मेदवारका प्रस्तावक–समर्थकका लागि ५ बुँदे मापदण्ड
रास्वपा महाधिवेशन : नेतृत्व नचुनिदैं मनोनितको लफडा
रास्वपाको बन्दसत्र आज, प्रतिनिधिलाई परिचयपत्र वितरण
रास्वपाको बन्दसत्र आजलाई स्थगित
पार्टीमा कुनै समूह छैन: मनिष झा