काठमाडौँ । उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले योग तथा साधनाले नेपाल–चीनबिचको सम्बन्ध झन् बलियो बनाउने बताएका छन् । नेपालस्थित चिनियाँ राजदूतावासले पर्यटन बोर्ड, लुम्बिनी विकास कोष र ओलम्कि कमिटीको सहकार्यमा लुम्बिनीमा आयोजना गरेको लुम्बिनी अन्तर्राष्ट्रिय योगा दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले योग तथा साधनजाले दुई देशबिचको सांस्कृतिक सम्बन्ध झन् बलियो बनाउने बताएका हुन् ।
हालै आफूले चीनको भ्रमण गरेको र त्यहाँ विभिन्न उच्च तहमा कुराकानी भएको बताउँदै त्यसले दुई देशको राजनीतिक र कूटनीतिक सम्बन्ध बलियो बन्ने उनले विश्वास लिए ।उनले बुद्धको विचारले दुवै देशको सम्बन्धलाई बाँधेको उल्लेख पनि गरे । यस्तै योग र ध्यान कुनै देश वा समुदायले मात्र नगर्ने पनि बताए ।
योगाले मान्छेलाई अनुशासित बनाउने पनि उनले बताए । ध्यान गर्नेले पनि भ्रष्टाचार तथा अनियमितता गर्ने गरेको देखिने भन्दै उनले वास्तवमा त्यस्तो व्यक्ति ध्यानी हुन नसक्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १५ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
भारतबाट फर्केको एक सातामै किन चीन जाँदैछन् परराष्ट्रमन्त्री ?
परराष्ट्र मन्त्री शिशिर खनाल नयाँ दिल्लीमा
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
रवि लामिछाने फर्किएलगत्तै परराष्ट्रमन्त्री खनालको भारत भ्रमण
परराष्ट्रमन्त्री दिल्ली जाँदै