रौतहट । रौतहटको दक्षिणी भेग ईशनाथ नगरपालिका ९ डुमरीया गाउँमा आज बिहान एक घरमा आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ।
स्थानीय शेख इशहाक मिया धुनियाको खपराको घरमा आगलागी भएको छ। खाना पकाउने क्रममा आज बिहान ८ बजेर ३० मिनेटमा ग्याँस लिक भएर आगलागी भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन्।
आगलागी बाट अन्नपात, गरगहना र लत्ताकपडा गरी छ लाख ५० हजार बराबरको सरसामान पूर्ण रूपमा जली नष्ट भएको प्रवक्ता गिरीले जानकारी दिएकी छिन्।, स्थानीय र प्रहरीचौकी औरैयाको टोली मिलेर गौर बाट गएको दमकलको सहयोगमा बिहान ९ बजेको समयमा आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ चैत्र २०८०, १० : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभर २२ स्थानमा आगलागीका घटना
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी