गायक राजेशपायलले गरे श्रीमती साङबुङसँग सम्बन्धविच्छेद

सफल खबर संवाददाता

विहीबार, २२ चैत्र २०८०, १६ : ३०
गायक राजेशपायलले गरे श्रीमती साङबुङसँग सम्बन्धविच्छेद

काठमाडौँ। गायक राजेशपायल राईले श्रीमती साङबुङ राईसँग औपचारिक सम्बन्धविच्छेद गरेका छन् । निकट स्रोतका अनुसार यसै साता उनीहरूले काठमाडौं जिल्ला अदालतमा सम्बन्धविच्छेदका लागि मिलापत्र गरेका हुन् ।

सम्बन्धविच्छेदको मुद्दा राजेशपायलले हालेका थिए । सम्बन्ध तोड्न साङबुङले उच्च डिमान्ड गरेकी थिइन् । अन्ततः राजेशपायलले उनको मागहरू पूरा गरिदिएका छन् । जसअनुसार नक्सालमा रहेको राजेशपायलको घर साङबुङले पाएकी छन् । साढे तीन तलाको यो घरको मूल्य करिब ५ करोड पर्ने दाबी गरिएको छ ।

राजेशपायलले नगद ५० लाख रूपैयाँ पनि दिएका छन् । साथै, थप १ करोड रूपैयाँ भविष्यमा दिने लिखित प्रतिवद्धता राजेशपायलले जनाएका छन् । राजेश पायल र साङबुङका एक छोरा छन् ।

प्रतिक्रिया दिनुहोस