नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद मुनाफा ३ अर्ब ७२ करोड रुपैयाँ

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, ११ : ०३
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद मुनाफा ३ अर्ब ७२ करोड रुपैयाँ

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आर्थिक वर्ष २०७९/८० मा ३ अर्ब ७२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०७९/८० को मध्यतिर साविक मेगा बैंक नेपाल र नेपाल इन्भेष्टमेन्ट बैंकबीचको मर्जरको कारणले आय/व्यय रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको बैंकले जनाएको छ ।

 आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभिई २०७९ पौष २७ गतेबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो ।

बैंकको कूल निक्षेप आर्थिक वर्ष २०७९/८० को अन्त्यमा ३ खर्ब ६० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कूल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रुपैयाँ कायम रहेको छ । अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडको गरी कूल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रुपैयाँ रहेको थियो ।

 

पश्चात् बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रुपैयाँ र कुल शेयरधनी कोश ५५ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । हाल बैंकले २७० शाखा, २६७ एटिएम, १६ राजश्व संकलन काउन्टरसहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङ मापर्mत ३२ लाख भन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ ।

 

सर्वाेच्च अदालतको निर्णयलार्ई अनुपालन गर्दै संचालकहरूको निर्वाचन हाललाई स्थगित गरिएको बैंकले जनाएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान भवन, कमलादीमा सम्पन्न आर्थिक वर्ष २०७९/८० को ३७औं वार्षिक साधारण सभाले सभामा प्रस्तुत अन्य सम्पूर्ण एजेण्डाहरू भने स्वीकृत/अनुमोदन भएको बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस