नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्दै

सफल खबर संवाददाता

बुधबार, २१ चैत्र २०८०, १० : ४७
नेपाल ‘ए’ ले आयरल्यान्ड ‘ए’विरुद्ध पहिले फिल्डिङ गर्दै

काठमाडौँ । नेपाल ‘ए’ ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ‘ए’ सँग टस हारेर पहिला फिल्डिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ‘ए’ बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ ।

सिनियर टोलीसँग दुई टी-२० खेलमा आयरल्यान्ड ‘ए’ ले दुवै खेलमा हारेको थियो । नेपाल ‘ए’ सँग तीन टी-२० खेलको सिरिज आयरल्यान्ड ‘ए’ले २-१ ले जितेको थियो । नेपाल ए मा ओडीआईका पहिलो रोजाइका खेलाडी आरिफ शेख र भीम सार्की छन् ।

तेस्रो टी-२० खेलमा नेपाल ‘ए’लाई जिताउन आरिफ शेखले ९३ रन बनाएका थिए । विनोद भण्डारी, देव खनाल, अर्जुन साउद पनि नेपाल ए मा छन् ।

 

प्रतिक्रिया दिनुहोस