सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलको बैठक बस्ने तयारी भएको छ । माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रणसिं परियारले बैठकका लागि तयारी भइरहेको बताए ।
तर, त्यो भन्दा पहिला मुख्यमन्त्रीलगायतलाई मनाउन नेता महेन्द्रबहादुर शाहीको सहभागीमा आन्तरिक छलफल भइरहेको छ। आन्तरिक छलफलबाट निस्कने निचोडका आधारमा पार्टी अघि बढ्ने उनको भनाइ छ ।
‘मुख्यमन्त्री निवासमा नेताहरूबिच छलफल भइरहेको छ, पूर्वमुख्यमन्त्री (महेन्द्रबहादुर शाही)ले माथिबाट के सन्देश ल्याउनु भएको छ बैठकमा छलफल होला र अहिले भइरहेको बैठकले के निर्णय गर्छ त्यसलाई मानेर जानुपर्ने हुन्छ ।
तर, अहिलेसम्म माओवादीको बटमलाइन विश्वासको मत लिने नै भएको बताए । माओवादी केन्द्रका केही नेताले कर्णाली सरकार एमालेलाई दिन नहुने अडान लिएपनि केन्द्रमा शीर्ष नेताहरूबिच एमालेलाई पहिलो चरणको नेतृत्व दिने समझदारी भएको छ ।यसैबिच प्रदेश सभामा कार्यव्यवस्था समितिको समेत बैठक बसिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० चैत्र २०८०, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस