किन जाँदैछन् प्रधानमन्त्री ओली अमेरिका ?

पत्रपत्रिकाबाट

मंगलबार, ०२ असोज २०७५, ०८ : १५
किन जाँदैछन् प्रधानमन्त्री ओली  अमेरिका ?

काठमाडौंँ ।  प्रधानमन्त्री केपी शर्मा ओली संयु्क्त राष्ट्रसङ्घको ७३ औंँ महासभामा भाग लिन यही असोज ६ गते अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुुहुने भएको छ । महासभामा भाग लिन प्रधानमन्त्री ओलीसहितको उच्चस्तरीय टोली अमेरिका जाने तयारी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले बताउनुभयो । 
उहाँकाअनुसार राष्ट्र सङ्घको महासभाको औपचारिक बैठक यही असोज २ गते मङ्गलबारदेखि हुने भए पनि उच्चस्तरीय सम्बोधन भने असोज ९ गतेबाट मात्र सुरु हुनेछ । प्रधानमन्त्री ओलीले महासभा बैठकलाई असोज ११ गते सम्बोधन गर्ने कार्यक्रम रहेको उहाँले जानकारी दिनुभयो ।  


नयाँ संविधान जारी गरेपछि सम्पन्न गरेको तीनै तहको निर्वाचन र नेपालले चालेको पछिल्लो आर्थिक समृद्धिको विषयलाई महासभा बैठकमा प्रधानमन्त्रीले औपचारिकरूपले जानकारी गराउने तयारी गर्नुभएको सचिवालयले जनाएको छ । गोरखापत्र दैनिकमा खबर छापिएको छ ।  

प्रतिक्रिया दिनुहोस