एजेन्सी । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पहिलो जित हासिल गरेको छ ।
गएराती सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले पञ्जाव किंग्सलाई २० रनले पराजित गरेको हो ।
दिल्ली क्यापिटल्सले दिएको १९२ रनको लक्ष्य पछाएको चेन्नईले २० ओभरमा ६ विकेट गुमाउदै १७१ रन मात्र बनाएको थियो ।
चेन्नईका लागि आजिख्य रहानेले सर्बाधिक ४५ र महेन्द्र सिंह धोनीले अविजित ३७ रन बनाएका थिए । त्यसै गरि डार्यल मिचेलले ३४, रविन्द्र जेडेजाले अविजित २१ रन बनाएका थिए । त्यसैगरी दिल्लीका बलर मुकेश कुमारले सर्बाधिक ३ विकेट लिए भने खलिल अहमदले २ तथा अक्सर पटेलले एक विकेट लिए ।
यस अघि टस जितेर पहिला ब्याटिंग गरेको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउदै १९१ रन बनाएको थियो । दिल्लीका लागि डेभिड वार्नरले ५२ र ऋषव पन्तले ५१ रन बनाएका थिए । त्यस्तै पृथ्वी शाहले ४३ र मिचेल मार्शले १८ रन बनाएका थिए ।
यो यस सिजनमा दिल्ली क्यापिटल्सको तेस्रो खेलमा पहिलो जित हो । दिल्लीले यस सिजनका शुरुवाती दुवै खेलमा हार बेहोरेको थियो । त्यस्तै शुरुका दुवै खेल जितेर शानदार जित हासिल गरको चेन्नईले भने तेस्रो खेलमा हार बेहोरेको छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, १९ चैत्र २०८०, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइपिएल : लखनउसँग मुम्बई पराजित, प्लेअफको सम्भावना सकियो
आइपिएलमा आज लखनउ र मुम्बई भिड्दै
आइपिएल : दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी
आइपिएल : लखनउमाथि राजस्थानको सहज जित
आइपिएल : कोलकोतामाथि पञ्जाबको कीर्तिमानी जित
सनराइजर्समाथि रोयल च्यालेन्जर्स बैंगलुरुको शानदार जित