रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

सफल खबर संवाददाता

आइतबार, १८ चैत्र २०८०, १५ : १३
रौतहटमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

रौतहट। रौतहटमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना गम्भीर घाइते भएका छन् । आइतबार बिहान परोहा नगरपालिकाको लौकाहास्थित हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा बौधीमाई नगरपालिका–४ निवासी २५ वर्षीय सुरेश पासवानको मृत्यु भएको हो ।

रौतहटका प्रहरी प्रवक्ता एलिजा गिरीले अनुसार दुर्घटनामा एक जनाको मृत्यु भएको पुष्टि गरिन् । बिआर ०५ बीबी २८४० र बिआर ३० यू २७६७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पासवानको थप उपचारकाका लाथिग एलएस न्यूरो अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भइसकेको अस्पतालले घोषणा गरेको थियो।दुर्घटनामा परी गम्भीर घाइते हुनेहरूमा परोहा नगरपालिका २ जिंगडवा बस्ने २२ वर्षका शेख तवसिम आलम र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने ५५ वर्षका शेख अलियास रहेको प्रहरीले जनाएको छ  ।

घाइतेहरूमध्ये एक जनाको रौतहट र अर्काको वीरगन्जमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतकको शव प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीको भनाइ छ ।