काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा आफ्नो पार्टीले जित्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर २ र बझाङको प्रदेश सभा १ मा हुने उपनिर्वाचनमा एमालेले जित्ने बताएका हुन् ।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले एमालेविरुद्ध सबै एकातिर हुने गठबन्धन टुटेकाले पनि यस पटकको उपनिर्वाचनमा आफ्नो पार्टीले हार्न नमिल्ने जिकिर गरे । अध्यक्ष ओलीले तत्कालीन अवस्थामा एमालेका हस्ती नेताहरूले पार्टी विभाजन गरेर जाँदा पनि पार्टीले धेरै ठाउँमा हारको सामना गर्नुपरेको स्मरण गराए ।
उनले भने, ‘विगतमा विभिन्न कारणले र एउटा महत्त्वपूर्ण कारण हाम्रा विरुद्धको अत्यन्तै खतरनाक गठबन्धन हामी एकातिर अरू सबै एकातिर भएको अवस्था त्यसको हामीले सामना गर्नु परेको थियो । र पराजयको पीडा बेहोर्नु परेको थियो । यस पल्ट हामी त्यस पीडालाई सुखद परिणामतर्फ रूपान्तरित गर्न चाहन्छौँ । परिवर्तन गर्न चाहन्छौँ । यस पटक हामी हार्दैनौँ । यस पटक हामी जित्छौँ । र यस पल्ट हामीले हार्नै मिल्दैन । गत निर्वाचनमा सबै एकातिर, हामी एकातिरको अवस्थामा थियौँ । हाम्रै पार्टीका हस्ती भनिएका अनेक नेताहरू पार्टीबाट अलग भएका थिए, पार्टी फुटाएका थिए । एमाले त शून्य सिटमा झर्छ समेत भनेका थिए । त्यो साहस हामीविरुद्धको गठबन्धनबाट आएको थियो ।’
अध्यक्ष ओलीले एमालेले यो उपनिर्वाचनमा हार्नुपर्ने कुनै कारण नरहेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ चैत्र २०८०, १६ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी आन्दोलनपछि पहिलो पटक झापा जाँदै ओली
दिनमा कम्तीमा १० वटा स्ट्याटस लेख्न कार्यकर्तालाई ओलीको निर्देशन
पार्टीका इतरपक्षलाई ‘टिकट’ मै बन्देज लगाउने ओलीको तयारी
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
ओलीको रणनीति : मानव अधिकार आयोगप्रति नरम, जाँचबुझ आयोगप्रति गरम
केपी ओलीले किन दिईरहेका छन् जाँचबुझ आयोग नटेर्ने धम्की ?