गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने

सफल खबर संवाददाता

शनिबार, १७ चैत्र २०८०, १४ : २४
गृहमन्त्रीमाथि संसदीय छानबिनबारे निर्णय गर्न कांग्रेस बैठक बस्ने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिनको माग राख्दै प्रतिनिधि सभामा अवरोध गर्दै आएको कांग्रेसले आफ्नो मागलाई यथावत् राखेको छ। शनिबार सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलमा कांग्रेसले आफ्नो सो अडान कायम रहेको सुनाएको हो ।

यद्यपि गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाएसम्म सदन चल्न दिने वा नदिने भन्नेबारे आइतबार बिहान पदाधिकारी बैठक बसेर निर्णय गर्ने कांग्रेस सचेतक सुशीला थिङले जानकारी दिइन् । उनले भनिन्–‘यसबारेमा कांग्रेसले कुन पोजिसन लिने, सदनको काम कसरी अगाडि बढाउने, संसदीय छानबिन समितिको विषयमा पदाधिकारी बैठकबाट निर्णय गर्नेछ ।’

भोलि बिहान ११ बजे प्रतिनिधि सभाको बैठक बस्दैछ । त्यसअघि बिहान सवा १० बजे सभा सञ्चालनबारे दलका प्रमुख सचेतक लगायत रहेको कार्यव्यवस्था समिति बैठक बस्नेछ ।

प्रतिक्रिया दिनुहोस