धनकुटा । ग्याँस लोड गर्दैगरेका चालकको पिकअप भ्यानको ठक्करबाट मृत्यु भएको छ। धनकुटा नगरपालिका–६ स्थित कोल्डस्टोरमा बिहीबार पिकअप भ्यानले ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका ट्रक चालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा सिराहाको गोलबजार घर भइ धनकुटा–९ स्थित गुठिटार बस्ने ३० बर्षीय निरज ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
विहीवार दिउँसो करिव साढे १ बजे सिधुवाबाट धनकुटा आउँदैगरेको बाप्र०१–०२६ च ८९९२ नम्बरको पिकअपले सडकमा रोकेर ग्यास लोड गर्दैगरेको बाप्र ०१–००६ ख ४६५२ नम्बरको ट्रकलाई ठक्कर दिँदा ग्याँस लोड गर्दैगरेका चालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि पिकअप चालक धादिङको सिद्धलेख गाउँपालिका–३ का ३८ वर्षीय चेतबहादुर विशुँखे र पिकअपलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, २० : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु