काठमाडौँ । सरकारले चैते धानको न्यूनतम समर्थन मूल्य तोक्नेदेखि नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा मनोनयन गर्नेसम्मका निर्णय गरेको छ ।
बिहीवार (आज) बसेको मन्त्रिपरिषद् बैठकले चालु आर्थिक वर्ष २०८०-८१ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७ रुपैयाँ तोकेको हो ।
१८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले हुन आउने तौल घटाइ कायम हुने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम हुने सरकारले निर्णय गरेको छ ।
आजको बैठकले नेपाल पर्यटन बोर्डको कार्यकारी समितिको रिक्त ३ सदस्य पदमा ऋषिराम भण्डारी, राजेन्द्रबहादुर लामा र रामप्रसाद सापकोटालाई मनोनयन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।
त्यसैगरी संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।
त्यस्तै आर्थिक वर्ष २०८१/८२ का लागि राजस्व बाँडफाँटको ढाँचा र हिस्सा बमोजिम ७ प्रदेशको लागि ७७ अर्ब ५० करोड रुपैयाँ र स्थानीय तहका लागि पनि ७७ अर्ब ५० करोड स्वीकृत गर्ने निर्णय गरेको छ ।
वित्तीय समानीकरण अनुदानको परिमाण ७ प्रदेशको लागि ६० अर्ब र स्थानीय तहको लागि ८८ अर्ब स्वीकृत गर्ने बैठकको निर्णय छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ चैत्र २०८०, १९ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रिपरिषद् बैठक जारी
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १५ निर्णय (सूचीसहित)
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मन्त्रिपरिषद् बैठक जारी
प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
यस्ता छन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय