चितवन। चितवनमा माडी जाँदै गरेको बसले साइकललाई ठक्कर दिँदा साइकल चालक गम्भीर घाइते भएका छन् ।भरतपुर महानगरपालिका–२३ जगतपुर चोक स्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नं.को बसले आज दिउँसो बाटो क्रस गर्दे गरेको साइकललाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते जगतपुर बस्ने ४८ वर्षीय सूर्य गुरुङको चितवन मेडिकल कलेजमा उपचार भइरहेको चितवन प्रहरीले जानकारी दिएको छ । दुबै सवारीसाधन र बस चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १३ चैत्र २०८०, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु