चिनियाँ पर्यटकले मनाए होली

सफल खबर संवाददाता

आइतबार, ११ चैत्र २०८०, ११ : १३
चिनियाँ पर्यटकले मनाए होली

काठमाडौँ । आज काठमाडौँसहित देशका पहाडी र हिमाली जिल्लाहरूमा होली पर्व मनाइदै छ ।  विहानैदेखि रङ र लोला लिएर होली खेल्ने क्रम सुरु भएको छ भने काठमाडौँका वसन्तपुर र दरबारमार्ग क्षेत्रमा होली विशेष कार्यक्रमहरू हुँदै छन् ।

होलीमा काठमाडौँ आइपुगेका पर्यटकहरूले पनि होली मनाएका छन् । चिनियाँ पर्यटकहरूले एक अर्कामा रङ दलेर उत्साहका साथ होली मनाएका छन् ।  होली पर्वका लागि आज सरकारले पहाडी र हिमाली क्षेत्रका ५६ जिल्लामा सार्वजनिक बिदा समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस