स्याङजा । स्याङजाको वालिङमा जिप दुर्घटना हुँदा नौजना घाइते भएका छन्।
शनिबार साँझ वालिङ नगरपालिका वडा नम्बर ११ छत्युनस्थित भित्री सडक खण्डमा वालिङबाट धनपुरतर्फ जाँदै गरेको ग.२ च.७४७९ नम्बरको बोलेरो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
बाेलेरो ब्रेक फेल भई सडकबाट अन्दाजी २० मिटर तल खस्दा चालकसहित ९ जना घाइते भएका हुन्।
दुर्घटनामा जिप चालक स्याङजा वालिङ ११ जोहानखोला घर भएका ४१ वर्षीय ज्ञान प्रसाद पंगेनी, साेही ठाउँकी ३२ वर्षाीया सुकमाया सुन्धौली, उनका छोरा १३ वर्षीय संगम, १९ वर्षीया नम्रता खत्री, ७७ वर्षीय रन बहादुर मगर, ७५ वर्षीया लाटी मगर, स्याङजाकाे भिरकोट न.पा. ५ स्वरेक बस्ने वर्ष ३० की विन्दु खवास, वालिङ न.पा.११ जुहानखोला बस्ने वर्ष ३६ की हुमकला पंगेनी र वर्ष १७ की करिना खवास घाइते भएका छन्।
उनीहरुकाे पाेखरा र स्याङजाका विभिन्न अस्पातालहरुमा उपचार भइरहेकाे प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ११ चैत्र २०८०, ०९ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु