महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १२ : ३७
महरालाई हाजिरी जमानीमा छाड्ने तयारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाड्ने तयारी गरिएको छ । सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख महरालाई कमजोर स्वास्थ्यका कारण छाड्न लागिएको सीआईबी स्रोतले जानकारी दिएको छ ।

शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा बयान सकिएसँगै महरालाई हाजिरी जमानीमा छाडिने भएको हो । नेपाल प्रहरीका एक उच्च अधिकारीका अनुसार सरकारी वकिलको कार्यालयको रोहबरमा महरालाई छाड्न लागिएको हो । उक्त प्रकरणमा महरामाथि छानबिन भने जारी रहने छ।

महरालाई प्रहरीले सोमबार कपिलवस्तुबाट पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर भएका कारण उनी नर्भिक अस्पतालमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस