'बद्री बहादुर' को ट्रेलर सार्वजनिक

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, ११ : २३
'बद्री बहादुर' को ट्रेलर सार्वजनिक

काठमाडौं । शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म 'बद्री बहादुर' को ट्रेलर सार्वजनिक भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलर 'कमेडी फ्लेवर' मा छ। ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत् ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर रिलिज कार्यक्रममा बोल्दै निर्देशक बस्नेतले 'बद्री बहादुर' दर्शकले मन पराउनेमा ढुक्क रहेको बताए। चैतको २३ गतेदेखि फिल्म प्रदर्शनमा आउने तयारीमा छ। फिल्ममा जय किशन बस्नेतले मुख्य भूमिका निर्वाह गरेका छन्। उनका साथमा एलिना गुरूङ, छुल्ठिम गुरूङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईंसँगै निर्देशक बस्नेत समेतले फिल्ममा अभिनय गरेका छन्। 

रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा मिथुन भोटे छन्। विजय गोपाल दली फिल्मको प्रस्तुतकर्ता हुन्।  रामकाजी घिमिरेको लेखन रहेको फिल्ममा विनोद सापकोटाको छायांकन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा बन्दे प्रसादको सम्पादन छ। 

भारतीय कमेडियन कपिल शर्माको शुभकामना सन्देशसँगै सुरू हुने ट्रेलरमा फिल्मका अधिकांश कलाकारलाई देखाइएको छ। फिल्मलाई कपिल शर्माले सफलताको शुभकामना दिएका छन्।

 

प्रतिक्रिया दिनुहोस