फष्टलुक्स सार्वजनिक गर्दै फिल्म ‘अर्ध पागल’ले थाल्यो प्रचार

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १० : ४०
फष्टलुक्स सार्वजनिक गर्दै फिल्म ‘अर्ध पागल’ले थाल्यो प्रचार

काठमाडौँ । अभय राज बराल निर्देशित फिल्म ‘अर्ध पागल’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । दुई मिल्ने साथीको काठमाडौँदेखि लमजुङ घले गाउँसम्मको यात्राको विषयमा फिल्म निर्माण भएको हो ।

फिल्मको फष्टलुक्समा यात्राको क्रममा उनीहरूबिच आ–आफ्नो प्रेमीकालाई लिएर भएको मानसिक र शारीरिक द्वन्द लाई पोस्टरमा झल्काउने प्रयास गरिएको छ ।

फिल्ममा अभय राज बराल, प्रकाश भुजेल, ममता लामिछाने, सोबिता अधिकारी, हिना कोइराला, संगीता राई, दीक्षा ढकाल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।

फिल्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेस्टिभलहरुमा सहभागी गराउने उद्देश्यले निर्माण भएको निर्देशक बरालले बताए । समर्पण रेग्मीको छायाङ्कन रहेको फिल्मका क्रियटिभ निर्देशक सौरभ ढकाल र सम्पादक कृष्ण भण्डारीको छ ।

 

प्रतिक्रिया दिनुहोस